मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित

न्युजलय ३२ असार २०८०, सोमबार १२:४१ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकले मिटरब्याज सम्बन्धी विधेयक सर्वसम्मतीले पारित गरेको छ । बैठकबाट मुलुकीसंहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो।


कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङद्वारा प्रस्तुत मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० सर्वसम्मतिले पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरेका थिए । यो विधेयक पारित भएसँगै अब अनुचित लेनदेनसँग सम्बन्धित कार्यमा कसुर लाग्ने छ ।


यो विधेयक पारित भएसँगै मिटरब्याज सम्बन्धी साहुलाई कानुनी कारबाही गर्ने बाटो खुलेको छ ।