दुई महिनाकी छोरीको घाँटी थिचेर हत्या, ओभनमा भेटियो शव

न्युजलय ८ चैत २०७८, मङ्गलबार ११:३१ मा प्रकाशित

काठमाडौं । भारतको दिल्लीमा एक निकै विभत्स घटना सार्वजनिक भएको छ । 

दिल्लीमामा एउटी आमाले आफ्नी दुई महिनाकी शिशुको घाँटी थिचेर हत्या गरेकी छिन् । घाँटी थिचेर हत्या गरेपछि महिलाले शिशुलाई ओभनमा हालेकी थिइन् । 

भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित जानकारी अनुसार चिराग दिल्ली गाउँमा एक महिलाले छोराको साटो छोरी जन्मिएका कारण उनको हत्या गरिदिएकी छिन् । 

हत्यापछि आरोपी महिलाले शवलाई घरको छतमा राखिएको माइक्रोवेब ओभनमा लुकाएकी थिइन् । परिवारले बालिका गायब भएको सूचना प्रहरीलाई दिए । घरमा अनुसन्धानको क्रममा बालिका अनन्या कौशिकको शव भेटियो ।

बालिकाको शवलाई कब्जामा लिएर मालवीय नगर थानाको प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ । हाल प्रहरीले बालिकाका आमा–बुवालाई हिरासतमा लिएर सोधपुछ सुरु गरेको छ । 

परिवारमा गुल्शन कौशिक र डिम्पल कौशिकबाहेक उनीहरुका चार वर्षका छोरा र दुई महिनाकी छोरी अनन्या कौशिक बस्दथे ।