सांस्कृतिक क्रान्ति भन्दै गोरु काटेर सामूहिक भोज

न्युजलय ८ असोज २०८०, सोमबार ०८:०५ मा प्रकाशित

काठमाडौं । खोटाङमा मंगोल नेसनल अर्गनाइजेसनका कार्यकर्ताहरुले गोरु काटेर सामूहिक भोजन गरेका छन् ।

सोमबार (आज) दिक्तेल रुपाकोट मझुवागढी नगरमा उनीहरुले सांस्कृतिक क्रान्ति भन्दै गोरु काटेर खाएका हुन् ।

मंगोलका कार्यकर्ताहरुले विभिन्न जिल्लामा सांस्कृतिक क्रान्तिको रुपमा गोरु काटेर खाने अभियान चलाउने भनेर पहिल्यै घोषणा गरेका थिए । यति खेर सामाजिक सञ्जाल फेसबुकमा गोरुको मासु सामुहिक भोजन गरेको भिडियो तथा गोरु काटेको फोटो भाइरल भएको छ । यद्यपी के को मासु हो भन्ने पुष्टि हुन बाँकी रहेको छ । 

गोरु/गाई काटेर खाएको आरोपमा राज्यले मानिसहरुलाई पक्राउ गरी कारबाही गर्ने कार्य तीव्र पारेपछि सोको प्रतिरोधमा जम्मा भएर गोरु काटेर खाने अभियान मंगोलका कार्यकर्ताहरुले चलाएका हुन् ।

गत महिना धरानमा सांस्कृतिक अभियान्ताहरुले गोरु काटेर सामूहिक भोजन गरेका थिए ।