काठमाडौं । मुस्ताङमा दुर्घटना भएको तारा एअरको जहाजमा सवारमध्ये १४ जना यात्रुको शव भेटिएको छ। अन्यको खोजी भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन्।
जहाजमा चालक दलका तीन सदस्यसिहत २२ जना सवार थिए। शव भेटिएकामध्ये केही चिनिने अवस्था र केही भने क्षतविक्षत अवस्थामा भेटिएको बताइएको छ।
जहाजमा सवार कसैलाई पनि जीवित अवस्थामा भेट्न सम्भावना नरहेको सुरक्षा अधिकारीहरुले बताएका छन्।
आइतबार बिहानदेखि सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।