पशुपतिमा राखेको जलहरीको तौल १०७ किलो ४७ ग्राम

न्युजलय ११ असार २०८०, सोमबार ११:०८ मा प्रकाशित

काठमाडौ । पशुपतिमा राखिएको सुनको जलहरिको तौल १०७ किलो ४७ ग्राम रहेको खुलेको छ । अख्तियारको टोलीले जलहरि झिकेर जोख्दा उक्त तौल रहेको पाइएको हो ।


सुन जोख्नको लागि आइतबार पशुपति क्षेत्र खाली गराइएको थियो । नेपाली सेना परिचालन गरेर सुन जोखिएको थियो । जलहरि जोख्ने ठाउँमा सिसिटीभी जडानसमेत गरिएको थियो ।


पशुपतिमा जलहरि राख्न नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७९३.१०० ग्राम सुन खरिद गरिएको थियो । जलहरि र रिङ गरी कूल १०७ किलो ७ सय ९८ ग्रामको सुन र अन्य धातु प्रयोग भएको पाइएको छ।


जलहरिको कूल तौल ९६ किलो ८ सय २२ ग्राम थियो भने रिङको तौल १० किलो ९ सय ७६ ग्राम थियो । 


जलहरि छिटो खिइन नदिन त्यसमा २ किलो ८ सय ८८ ग्राम तामा, चाँदी १ किलो २ सय ५३ ग्राम र १२ ग्राम ७५ मिलिग्राम जिन्कसमेत राखिएको थियो ।


जसअनुसार ३० तोला सुन कम पाइएको छ ।