थप २९ जनामा कोरोना संक्रमण

न्युजलय १२ असार २०७९, आइतबार १०:०९ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ७३० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर १७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १९२ जनाकोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो अवधिमा ५७ हजार ७२४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।