दार्चुलामा डेंगु संक्रमणबाट पाँच वर्षीया बालिकाको मृत्यु

न्युजलय २४ भदौ २०७९, शुक्रबार ०५:१९ मा प्रकाशित

काठमाण्डौ । दार्चुलामा डेंगु संक्रमणका कारण पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–४ की पाँच वर्षीया उसा धामीको शंकरपुर स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलबार स्वास्थ्य चौकी शंकरपुरमा भर्ना भएकी ती बालिकाको डेंगु संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य चौकीले जनाएको छ । जिल्ला अस्पताल दार्चुलामा भदौ २० गते चेकजाँच गर्दा बालिकामा डेंगु र स्क्रब टाइफस देखिएको थियो । 

जिल्ला अस्पताल दार्चुलाका डाक्टर आदर्श लिम्बुका अनुसार ल्याब परिक्षण गर्दा ती बालिकामा डेंगु र स्क्रब टाइफस देखिएको थियो । अहिले जिल्ला अस्पतालमा डेंगुका १० जना बिरामी  भर्ना भएका छन् ।