एमालेले गर्‍यो प्रतिनिधि सभा बैठक अवरोध

न्युजलय २४ साउन २०८०, बुधबार ०७:१७ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको आजको बैठकमा अवरोध गरेको छ।

सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसदहरूले वेल घेराउ गरेका छन्।

सभामुख देवराज घिमिरेले आसन ग्रहण गरेर नियमित कार्यसूचीअनुसार बैठक सञ्चालन गर्न सहयोग गरिदिन आग्रह गरेका छन्।

एमाले सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका छन्।