वाग्मती । हेटौँडाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका–१४ का ६३ वर्षीया महिलाको मंगलबार (आज) बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
हेटौँडा अस्पतालका अनुसार चार दिन अघि ति महिलामा कोरोना संक्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् ।
उनलाई कारोना संक्रमण हुनु अगावै कोरोना विरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।