मनसुन आंशिक सक्रिय, आज यी ठाउँमा पर्दैछ पानी

न्युजलय ७ साउन २०८०, आइतबार १२:५७ मा प्रकाशित

काठमाडौं । मनसुन आंशिक सक्रिय रहेकाले आज देशभरको मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। राति  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।