नारायणहिटी परिसरमा बतास समूहले बनाएका संरचना भत्काइँदै

न्युजलय २३ पुस २०७८, शुक्रबार ०६:५२ मा प्रकाशित

काठमाण्डौ । नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको छ।

क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बनाउन लागिएको संरचना शुक्रबार(आज) बिहानदेखि नारायणहिटी दरबार संग्रहालय विकास समितिले भत्काउन सुरु गरेको हो।

समितिका अनुसार उक्त संरचना भत्काउनका लागि कामदार खटाइएको छ। हालसम्म जस्तापाता, वरिपरिको पर्खाल र तारजालीको बार भत्काइएको छ।

बतास समूहले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट सञ्चालनका लागि केपी ओली नेतृत्वको सरकारको पालामा अनुमति पाएको थियो ।

१७ पुस ०७७ मा बतास समूहको बिपिएस लिजिङ कम्पनी र संग्रहालय विकास समितिबीच भाडासम्बन्धी सम्झौता भएको थियो।