काठमाडौँ । नेपालबाट जापानका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौंमै फर्किएको छ ।
मंगलबार राति १८४ यात्रु बोकेर ११ बजे नारिताका लागि उडेको आरए ४३३ नम्बरको उडान केहीबेरमा नै काठमाडौँ फर्किएको हो ।
चालकदलले जहाज काठमाडौंमा अवतरण गएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो ।