धनकुटामा २६ रोपनीमा लगाइएको गाँजा नष्ट

न्युजलय २२ मङ्सिर २०८०, शुक्रबार ०१:२७ मा प्रकाशित

धनकुटा । सशस्त्र प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको गाँजा खेत नष्ट गरेको छ । 

मूलघाटस्थित सशस्त्र प्रहरीको गस्तीले साँगुरीगढी १ र २ नं. क्षेत्रका हिलेपानी, कुवापानीलगायत क्षेत्रमा लगाइएको गाँजा फँडानी गरेको हो ।

ती स्थानका २६ रोपनी क्षेत्रफलमा खेती गरिएका १० हजारभन्दा बढी गाँजाका बोट फँडानी गरी आगो लगाएर नष्ट गरिएको सशस्त्र प्रहरी बल नंबर ६ गुल्मले जानकारी दिएको छ । 

मूलघाटस्थित सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन बेस क्याम्पका प्रहरी निरीक्षक सुमन रानाभाटको नेतृत्वमा गएको टोलीले गाँजा नष्ट गरेको हो ।