काठमाडौं । आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । अन्य स्थानमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । मौसमविद्का अनुसार भोलि भने लगातारजसो पानी पर्ने सम्भावना छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सर्ने सम्भावना रहेकाले भोलि देशका धेरै स्थानमा पानी पर्ने अनुमान गरिएको छ । भोलि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
केही दिन मनसुन सक्रिय रहने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सचेत रहन आग्रह पनि गरेका छन् ।