काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको जानकारी दिएको हो ।
जसअनुसार छापावाल सुन तोलामा बुधबार १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार हुँदा चाँदीको पनि मूल्य घटेको छ ।
मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।