काठमाडौं । कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार शैक्षिक सत्र ढिलो हुन नदिन र उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीले समयमै भर्ना हुन पाउन् भनेर तालिका सोहीअनुरुप सार्वजनिक गर्न खोजिएको हो ।
यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी बोर्डले गरेको छ । कोभिड–१९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको थियो । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।
यसवर्ष कक्षा १२ का करिब ४ लाख विद्यार्थी परीक्षामा सामेल हुनेछन् । विद्यार्थीको भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गरिनेछ ।