यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय ९ बैशाख २०७९, शुक्रबार ०१:३२ मा प्रकाशित

काठमाडौँ । नेपालमा न्यून चापीय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ सँगै देशका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।


दिउँसो गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा क्षणिक र हल्का वर्षाको आँकलन गरिएको छ ।