यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय २ असोज २०७९, आइतबार ०१:१६ मा प्रकाशित

काठमाडौँ । बिहान सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ ।


दिउँसो मुलुकका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

राति प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।