३१५ जनामा कोरोना संक्रमण

न्युजलय १६ मङ्सिर २०७८, बिहिबार १०:३१ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै, २०१ जना संक्रमण मुक्त भएका छन्।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ४५ पुगेको छ । संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार ५५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।