देशभर आज थप ४३८ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

न्युजलय १५ साउन २०७९, आइतबार ०१:४२ मा प्रकाशित

काठमाडौँ । देशभर आज ४ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार ३ हजार ६ सय ९९ जनामा गरिएको परीक्षणमध्ये ४ सय ३८ मा संक्रमण पुष्टि भएको हो ।


सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ६९ रहेको छ । विगत २४ घण्टामा दुई सय ७७ जना संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार ९ सय ६६ जनाको संक्रमणबाट निधन भइसकेको छ । काठमाडौँ जिल्लामा पाँच सयभन्दा बढी तथा मोरङ र ललितपुरमा दुई सयभन्दा बढी संक्रमित रहेका छन् ।


यस्तै, मनाङ, कालिकोट, मुगु, हुम्ला र बाजुरामा शून्य संक्रमित रहेका छन् । हाल होम आइसोलेसनमा चार हजार दुई सय १८, संस्थागत आइसोलेसनमा एक सय ५१ र सघन उपचारकक्ष (आइसीयू)मा ३३ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । 


यसैगरी, विगत २४ घण्टामा ५८ हजार पाँच सय ५९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।