थप २२० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

न्युजलय ५ पुस २०७८, सोमबार १०:१३ मा प्रकाशित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर २२० जना कोरोना संक्रमित थपिएका छन् । 

४ हजार १४१ वटा नमुना परीक्षण गर्दा २२० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ ।

आज २६३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।