विप्लव समूहका २१ जना कार्यकर्ता पक्राउ

न्युजलय २८ कार्तिक २०७८, आइतबार ०६:३३ मा प्रकाशित

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चक्काजाम गर्न खोज्ने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ जना कार्यकर्ता पक्राउ परेका छन्।

त्रि चन्द्र कलेज अगाडिबाट आइतबार(आज) उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । 

कात्तिक ३० गते आह्वान गरेको नेपाल बन्दअघि विप्लव समूहले आइतबार एक घण्टा चक्काजामको घोषणा गरेको थियो।