२०७८ साल माघ ६ गते बिहिबार

अर्थमन्त्री आङ्वोको सम्पति विवरणः २ करोड ९० लाख ऋण

न्युजलय ३० पुस २०७८, शुक्रबार ०४:०४ मा प्रकाशित

विराटनगर ।  प्रदेश – १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्वोले करिव ३ करोड ऋण भएको विवरण सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री कार्यालयलले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पति विवरणमा मन्त्री आङ्वोको २ करोड ९० लाख ऋण रहेको विवरण प्रस्तुत गरिएको हो ।

शेरधन राई मुख्यमन्त्री रहेका बेला पनि अर्थमन्त्री भएका उनी र  अहले पनि अर्थमन्त्री छन् । विवरणमा आङ्वाले २०६९ सालमा नेपाल ईन्भेष्टमेन्ट बैँकबाट २ करोड ३५ लाख रुपैयाँ लिएको उल्लेख गरेका छन् । त्यस्तै एनएमबी बैँकबाट घरकर्जाको रुपमा २०७७ सालमा ५५ लाख लिएको विवरणमा उल्लेख छ ।

त्यस्तैगरी उनले आफ्नो एक स्कुटर, बंगुर फार्ममा २५० वटा बंगुर पनि रहनुका सार्थ ३० लाखको फेन्सी पसल संचालन गरेको जनाएका छन् ।

अर्थमन्त्री आङ्वोले श्रीमती र आफ्नो नाममा ५ लाख १५ हजार नगद रुपैयाँ बैँक तथा सहकारीमा रहेको सम्पति विवरणमा उल्लेख गरेका छन् ।