स्थानीय निर्वाचन : राति अबेरसम्म १ लाख ४ हजार १२३ जनाको उम्मेदवारी दर्ता

न्युजलय १३ बैशाख २०७९, मङ्गलबार १२:५५ मा प्रकाशित

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार राति ११ बजेसम्म देशभर १ लाख ४ हजार १२३ जनाको उम्मेदवारी परेको छ।

 

निर्वाचन आयोगका अनुसार महानगरपालिका–उपमहानगरपालिका र नगरपालिकाका प्रमुख पदमा दुई हजार ७४४ र उपप्रमुख पदमा एक हजार ६९९ उम्मेदवारी परेको छ।

 

गाउँपालिकाको अध्यक्षको पदमा दुई हजार ९४१, उपाध्यक्ष पदमा दुई हजार २३ र वडाअध्यक्ष पदमा २५ हजार ६४ जनाको उम्मेदवारी परेको छ ।

 

त्यस्तै, महिला सदस्य पदमा १७ हजार ४६७, दलित महिला सदस्यमा १५ हजार ६९७  र सदस्यमा ३६ हजार ४८८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।