२०७९ कार्तिक १२ गते शनिबारको राशिफल

न्युजलय १२ कार्तिक २०७९, शनिवार ०७:०१ मा प्रकाशित

मेष । आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च पनि बढ्नेछ, तर वैदेशिक कामहरू सहजै अघि बढ्नेछ ।

 

वृष । आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध भने अधिक सुखद् रहनेछ ।

 

मिथुन । आज आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ, तर साँझपख अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

 

कर्कट । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्तिको कारोबार हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

 

सिंह । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खराबी रहला । आर्थिक कारोबारमा मन्दी आउनेछ, तर आफन्तको साथ मिल्नेछ ।

 

कन्या । आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

 

तुला । आज छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मन प्रसन्न रहनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ ।

 

वृश्चिक । आजको समय उत्साहवर्द्धक नै रहला । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापारमा लाभ समेत हुनेछ ।

 

धनु । आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला, सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ, तर साँझमा भने काम बन्नसक्छ ।

 

मकर । आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।

 

कुम्भ । महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । परीक्षा तथा शिक्षामा सफलता मिल्नेछ । घरजग्गाको कारोबारमा समेत सफलता मिल्नेछ ।

 

मीन । आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।