कोशी प्रदेश सरकारको नेतृत्वमा कांग्रेसको दाबी

न्युजलय २३ जेठ २०८०, मङ्गलबार ०८:१५ मा प्रकाशित

विराटनगर  । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । 

मङ्गलवार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले गठबन्धनको ठुलो दलको हैसियतले सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय गरेको हो ।

दलको बैठकपछि कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले गठबन्धनको ठुलो दलका हैसियतले सरकारको नेतृत्वमा दाबी रहेको बताए । आफ्नो नेतृत्वमा सरकार निर्माणमा पहल गर्ने भन्दै उनले गठबन्धनमा रहेका दलसँग छलफल गरिने बताए ।

तर, सरकारको नेतृत्वबारे केन्द्रले गर्ने निर्णयलाई स्वीकार गर्ने कार्कीले बताए ।