१५ लाख मोडर्ना खोप आइपुग्यो

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार १०:०२ मा प्रकाशित

काठमाडौं । कोभिड–१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप बिहिबार (आज) नेपाल आइपुगेको छ। 

कतार एयरको जहाजमार्फत आज दिउँसो उक्त खोप नेपाल आइपुगेको हो।  स्वास्थ्य सेवा विभागका अनुसार गाभी र कोभ्याक्स सुविधामार्फत १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप  आज आएको हो।

साथै, आगामी आइतबार मोडर्नाकै थप १९ लाख ६५ हजार ६०० डोज खोप आउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

यससँगै नेपाल भित्रने मोडर्ना खोपको कूल संख्या ३६ हजार ५१ हजार ६०० डोज पुग्नेछ। यसअघि शुक्रबार मोडर्नाकै एक लाख ८८ हजार डोज खोप आएको थियो।