भारतको जम्मु कश्मिर क्षेत्रमा भूकम्पको धक्का महसुस

न्युजलय २२ माघ २०७८, शनिवार ११:३१ मा प्रकाशित

काठमाण्डौ । भारतको जम्मु कश्मिर क्षेत्रमा भूकम्पको धक्का महसुस गरेको स्थानीयले जनाएका छन्। 

शनिवार(आज) बिहान ९ः४९ बजे भूकम्पको झट्का महासुस गरिएको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन्।

अफगानिस्तान र ताजकिस्तानको बोर्डरलाई केन्द्र बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ।

भूकम्पले के कति क्षति गर्‍यो भन्ने विषयमा विस्तृत जानकारी आइनसकेको भास्कर अनलाइनले जनाएको छ।