आज साढे १७ खर्बको बजेट आउँदै, यस्ता छन् प्राथमिकता

न्युजलय १५ जेठ २०७९, आइतबार १२:०६ मा प्रकाशित

काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट आज सार्वजनिक गर्दैछ । यो पटक सरकारले करिब साढे १७ खर्बको बजेट ल्याउँदै छ । पूर्वाधार विकास, निर्यात प्रवर्द्धन, उत्पादन वृद्धि र समष्टिगत आर्थिक स्थायित्व बजेटको प्राथमिकतामा रहेको बताइएको छ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट संसदमा पेश गर्नेछन् ।

अर्थमन्त्रालयले आगामी बजेट कृषि क्षेत्रको विकास, औद्योगिक विकास र निजी क्षेत्रको लगानी प्रवद्र्धन, ऊर्जा क्षेत्रको विकास, स्वास्थ्य क्षेत्र र शिक्षाको विकास, पर्यटन क्षेत्रको पुनरुत्थानमा केन्द्रित हुने जनाएको छ । यही सरकारले चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।