२०७८ साल माघ ६ गते बिहिबार

थप ३८५ जना कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

न्युजलय ६ मङ्सिर २०७८, सोमबार ०४:२९ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमित थपिएका छन्। 

देशभर गरिएको ९ हजार ९२१ पीसीआर र २ हजार ७७६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ३८६ जना पुगेको छ। उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ।