एमसीसीको विरोधमा भोली नेपाल बन्द

न्युजलय ४ फाल्गुण २०७८, बुधबार ०१:२९ मा प्रकाशित

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा भोली नेपाल बन्द हुने भएको छ ।

 

विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा बुधबार नेपाल बन्द गर्ने भएका हुन् ।


नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् ।

 

राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदनको तयारी भइरहेको बेला यसको विरोधमा बन्द आह्वान गरिएको नेता सीपी गजुरेलले बताए ।