कांग्रेसका मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउन गगन थापाको प्रस्ताव

न्युजलय १५ असोज २०८०, सोमबार ०१:११ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउन प्रस्ताव गरेका छन् । 


आइतबार काठमाण्डौमा आयोजित १४ औँ महाधिवेशनको म्यान्डेट र पार्टी रूपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा महामन्त्री थापाले उक्त प्रस्ताव गरेका हुन । 


समाजवादी मोर्चाले पार्टी एकता गर्नेसम्मको विषय अघि सारेको र सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डपछि माधवकुमार नेपालले गर्ने सहमति भएको भन्दै दुई वर्षपछि कांग्रेस एक्लैले सरकार चलाउने गरी अहिलेको मन्त्रिपरिषदबाट कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाएर सरकारको समर्थन गर्नुपर्ने महामन्त्री थापाको भनाइ छ ।