सिरहाका दुईवटा क्षेत्रमा उपेन्द्र यादवको नाम सिफारिस

न्युजलय १६ भदौ २०७९, बिहिबार १२:२४ मा प्रकाशित

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) सिरहाले अध्यक्ष उपेन्द्र यादवको नाम दुई वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गरेको छ ।


जिल्लाको क्षेत्र नम्बर १ र २ बाट उनको नाम सिफारिस गरिएको जसपाका जिल्ला अध्यक्ष अशोक यादवले जानकारी दिए । दुवै क्षेत्रीय कमिटीको बुधबार बसेको बैठकले अध्यक्ष यादवको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।

  

जिल्ला अध्यक्ष यादवका अनुसार क्षेत्रीय कमिटीको निर्णय जिल्ला कमिटीमा आइसकेको र यसबारे छलफल समेत सुरू भइसकेको छ ।


यसअघि बारा क्षेत्र नम्बर २ कमिटीले पनि अध्यक्ष यादवको नाम सिफारिस गरिसकेको छ । अध्यक्ष यादव २०७४ सालको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

 

अध्यक्ष यादव भने कहाँबाट चुनाव लड्ने भन्ने विषयमा केही बोलेका छैनन् ।