यो वर्ष नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

न्युजलय २९ चैत २०८०, बिहिबार ०८:०८ मा प्रकाशित

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ। 

दक्षिण एसियाका ८ देशमध्ये धेरै आर्थिक वृद्धि हुनेमा नेपाल पाँचौँ स्थानमा रहेको एडीबीले जनाएको छ।  बिहीबार एसियन डेभलपमेन्ट आउटलुक  सार्वजनिक गर्दै एडीबीले उक्त प्रक्षेपण गरेको हो।

आगामी आर्थिक वर्षमा वृद्धिदर अझ बढेर ४.८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। यता महंगी दर समेत चालू आवमा ६.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। 

दक्षिण एसियामा चालू वर्ष सबैभन्दा बढी भारतको ७ प्रतिशत, बंगलादेशको ६.१ प्रतिशत, माल्दिभ्सको ५.४ प्रतिशत, भुटानको ४.४ प्रतिशत, नेपाल ३.६ प्रतिशत, पाकिस्तान र श्रीलंकाको समान १.९ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरिएको छ।