काठमाडौं । डा. गोविन्द केसी सरकारले चिकित्सा शिक्षा सुधारका लागि गरेका सहमतिहरू कार्यान्वयन नगरेको भन्दै आक्रोश पोखेका छन् ।
उनले यसअघि आफूहरुसँग गरेका सहमति कार्यान्वयनको लागि १४ दिनको अल्टिमेटम दिएका छन् । त्यो समयभित्र माग पूरा नभए अनशन थाल्ने उनको चेतावनी छ ।
आज पत्रकार सम्मेलन गर्दै डा. केसीले राज्यले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको आरोप लगाए ।