विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा नदिने भएका छन्।
एमालेका प्रदेशसभा सांसद लीलाबल्लभ अधिकारीले तत्काल एमालेका मुख्यमन्त्री कार्कीले राजीनामा नदिने बताएका हुन्।
शुक्रबार(आज) बिहान ११ बजेका लागि सदन आव्हान गरिएको भएपनि समयमा सदन सुरु हुन सकेको छैन । बिहीबार राती १० पछि प्रदेशसभा सचिवालयले शुक्रबार बिहान ११ बजेसम्मका लागि सदन स्थगित गराएको थियो ।
यसअघि, बेलुका बैठकको पहिलो सत्रपछि मुख्यमन्त्री कार्की प्रदेश सभाबाट बाहिर भएपछि सदन फर्किएका थिएनन् ।