भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–६ होमताङमा एम्बुलेन्स दुर्घटना भएको छ ।
प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । दुर्घटनामा सवारीचालक सञ्जीव राई र गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जय कुमार राई गम्भीर घाइते भएका छन् ।
बिरामीलाई होम्ताङ पुर्याएर घोडेटार फर्किने क्रममा आज बिहान करिब ९ः४५ बजे एम्बुलेन्स दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ।
घाइतेलाई हेलिकप्टर मार्फत उद्धार गर्ने तयारी रहेको हतुवागढी गाउँपालिका–५ का वडाध्यक्ष सुरेश कुमार राईले जानकारी दिएका छन् ।