एमाले नेता भट्टराईलाई कालो झण्डा

न्युजलय १४ असार २०८०, बिहिबार ०८:१३ मा प्रकाशित

इलाम । कोशी प्रदेशको नाम संशोधनको माग गर्दै आएका पहिचानवादीहरुले इलाममा प्रदर्शन गरेका छन् । 

ऐतिहासिक पृष्ठभुमिको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले बिहिबार एमाले नेता योगेश भट्टराईलाई कालो झण्डा देखाएका हुन् ।

७२ औं मदन भण्डारी जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सदरमुकाम इलाम बजार पुगेका नेता भट्टराईलाई कालो झण्डा देखाईएको हो ।

नेता भट्टराईलाई कालो झण्डा देखाउने क्रममा पहिचानवादीहरुले कोशी प्रदेश मान्दैनौं, हत्या हिंसा बन्द गर, योगेश भट्टराई मुर्दावाद लगायतका नारा लगाएका थिए ।