पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा विप्लवद्वारा आन्दोलन

न्युजलय २५ कार्तिक २०७८, बिहिबार ०२:३५ मा प्रकाशित

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्ने भएको छ। 

नेकपाले बिहीबार(आज) विज्ञप्ति निकाल्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको हो। पार्टी कार्तिक २५ देखि ३० गतेसम्मका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ।  नेकपाले देशभर विरोध प्रदर्शन, मसाल जुलुस, चक्का जामदेखि नेपाल बन्द गर्नेसम्मको विरोधका कार्यक्रम सार्वजनिक गरेको हो।

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाएर १ हजार ५ सय ७५ पुर्‍याएको थियो ।  यससँगै बुधबार मध्यरातिदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यसमेत प्रतिलिटर ३–३ रुपैयाँले बढेको हो।