काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा नयाँ संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् । तीन जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् ।