चुनाव हारेपछि सोनियाले हटाइन् कंग्रेसका पाँच प्रदेश प्रमुख

न्युजलय २ चैत २०७८, बुधबार १२:०६ मा प्रकाशित

काठमाण्डौ । भारतमा कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले पाँच प्रदेशका पार्टी प्रमुखलाई बर्खास्त गरेकी छन्। 

हालै विधान सभा चुनाव भएका पाँच राज्यका पार्टी प्रमुखलाई गान्धीले बर्खास्त गरेकी हुन्। चुनावी हारपछि पार्टीलाई पुनर्संरचना गर्न उनीहरूलाई जिम्मेवारीबाट हटाइएको बताइएको छ ।

बर्खास्त हुनेहरूमा पन्जाबका कंग्रेस प्रमुख नवोजित सिंह सिद्धु, उत्तर प्रदेशका अजयकुमार लल्लु, उत्तराखण्डका गणेश गोधियाल, गोवाका गिरिश चोदानकर र मणिपुरका एन लोकेन सिंह छन्।