काठमाडौंमा बालेनलाई करिब २० हजार मतको अग्रता

न्युजलय ११ जेठ २०७९, बुधबार ०१:१५ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ ।  मेयरका स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायम छ । उनले ५२ हजार ५७४ मत पाएका छन् ।


नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३३ हजार ६९ मत प्राप्त गरी दोस्रो स्थानमा छिन् । सिंहलाई भन्दा बालेनलाई १९ हजार ५०५ मतको अग्रता छ । 


नेकपा (एमाले)का उमेदवार केशव स्थापित ३२ हजार ६१२ मतका साथ तेस्रो स्थानमा छन् ।