पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नीको निधन

न्युजलय ८ असार २०८०, शुक्रबार ०५:३३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ ।

उनकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा शुक्रबार(आज) बिहान निधन भएको हो ।

उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको हो । दिव्यवेश्वरकी  पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन् । दिव्येश्वरीको निधनप्रति विभिन्न राजनीतिक दलका नेताहरुले शोक व्यक्त गरेका छन् ।