झापा । झापाको पूर्वी नाका ३ दिनको लागि सिल भएको छ । पश्चिम बंगालको दार्जिलिङ्ग जिल्लामा निकाय गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जीटीए) चुनावको कारण काँकरभिट्टा नाका बन्द भएको हो ।
आइतबार हुने चुनावमा हुन सक्ने सम्भावित आवञ्छित गतिविधि हुन नदिन भारतले पत्राचार गरेपछि पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काँकरभिट्टा तथा इलामको पशुपतिनगर नाका ७२ घण्टाको लागि सिल गरिएको हो ।