भारतमा विराटनगरका युवकमाथि गोली प्रहार

न्युजलय २५ मङ्सिर २०८०, सोमबार १०:२२ मा प्रकाशित

विराटनगर । विराटनगरका एक जना युवक गोलीको छर्रा लागेर घाइते भएका छन्।

विराटनगर महानगरपालिका–८का २८ वर्षीय निर्दोष संग्रौलामाथि भारतमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार निर्दोष आइतबार अपराह्नमा भारत गएका थिए। भारतको रेलवे स्टेशनबाट करिब १०० मिटर टाढा गोली प्रहार भएको हो।

गोली प्रहार हुँदा त्यसको छर्रा निर्दोषको तिघ्रामा लागेको प्रहरीले बताएको छ। 

‘घाइतेको कोशी अस्पतालमा उपचार भइरहेको छ। घाइते रहेका संग्रौला खतरामुक्त छन्। गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान भइसकेको छैन।