थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण

न्युजलय १० बैशाख २०७९, शनिवार ०९:५९ मा प्रकाशित

काठमाडौं । नेपालमा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

४ हजार ९४७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४८ हजार ७८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।