भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु

न्युजलय ६ चैत २०७८, आइतबार ०२:३४ मा प्रकाशित

काठमाण्डौ । भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको छ ।

मत्यु हुनेमा मधेपुरामा लोजपाका ब्लक अध्यक्ष नीरज निशान्त पनि रहेको बताइएको छ । मृत्यु अन्य व्यक्तिमा डिग्धी गाउँपालिकाका पुरकी सिंह, नीरज निशान्त र सञ्जीवकुमार रमानी रहेका छन् ।

यसबाहेक मुरलीगञ्जको मुख्य बजारमा पनि एक जनाको मृत्यु भएको खबर आए पनि यसको पुष्टि हुन नसकेको बिबिसीले जनाएको छ ।

स्थानीय पत्रकार अर्जुन कुमारका अनुसार मारकी सिंहको मृत्यु १८ मार्चको राति भएको थियो, त्यसपछि १९ मार्चमा दुई जनाको मृत्यु भएको थियो । दर्जनौं बिरामीको गोप्य रूपमा निजी संस्थामा उपचार भइरहेको छ र मृत्यु भएकाको पनि गोप्य रूपमा दाहसंस्कार गरिएको बिबिसी हिन्दीले लेखेको छ ।