अनुगमनमा निस्किएको स्वास्थ्य मन्त्रालयको टोलीलाई नै कोरोना संक्रमण

न्युजलय ७ माघ २०७८, शुक्रबार १२:३५ मा प्रकाशित

काठमाडौँ । प्रदेशको अनुगमनमा निस्किएको स्वास्थ्य मन्त्रालयको टोली नै कोरोना संक्रमित भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि रुघाखोकी देखिएपनि आइसोलेसनमा बसेका छन् । मन्त्रीका निजी सचिव मधु मिजार र मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्रालाई पनि संक्रमण भएको छ ।

 

मन्त्रीको पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी रहेको निजी सचिव मिजारले बताए । अनुगमनमा निस्किएको टोलीका सदस्य सुरज थापा र चालक तथा सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको बताइएको छ ।


सो टोली गत साता प्रदेश नं १, जनकपुर र बागमती प्रदेशका कतिपय जिल्लाको स्थलगत अनुगमन गर्न निस्किएको थियो ।