काठमाण्डौ । भारतमा विषालु ग्यासका कारण ६ जनाको मृत्यु भएको छ ।
गैरकानुनी रूपमा फ्याँकिएको केमिकलका कारण उत्सर्जित विषालु ग्यासका कारण गुजरातको एउटा रङरोगन मिलका कामदारको ज्यान गएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि २० जनाभन्दा बढी व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ ।
गुजरातको औद्योगिक सहर सुरातमा बिहीबार बिहान यो घटना भएको हो । कामदारहरू मिलमै भएको बेला नजिकै केही केमिकलहरू फ्याँकिएको पाइएको प्रहरी र अग्निनियन्त्रक अधिकारीले जनाएका छन् ।