शिर्ष नेताको पुर्व उपस्थिति बाक्लिँदै

शंकर खत्री ७ चैत २०७८, सोमबार ०८:२७ मा प्रकाशित

इटहरी । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि शिर्ष नेताको दौडधुप सुरु भएको छ । 

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन थालेका हुन् । 

आइतबार नेकपा एमालेका अध्यक्ष ओली इलाम पुगे । उनले त्यहाँ २ हजारका हाराहारीमा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेलाई स्वागत गरे । त्यहाँ सम्बोधन गर्दै उनले निर्वाचन आयोगदेखि अन्य पार्टीका नेताहरुको चलखेल बारे खुलेरै बाले । निर्वाचन आयोगलाई त उनले पाँच दलिय गठबन्धनको ‘पेवा’ हो नै भनिदिए । 

एमाले अध्यक्ष ओली पुर्वको भ्रमण गरेर काठमाडौँ फर्कन नपाउँदै प्रधानमन्त्रीसमते रहेका काँग्रेस सभापति देउवा सोमबार मोरङ, पाँचथर र खोटाङमा हुने विभिन्न कार्यक्रममा सहभागि हुन पुर्व आउँदैछन् । 

उनले मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उदघाटन गर्ने कार्यक्रम तय भएको सुन्दरहरैँचा नगरपालिकाको कार्यालयले जानकारी दिएको छ । 

चुनावको मुखैमा भएको यो कार्यक्रमलाई धेरैले चुनावी तयारी स्वरुप गरिएको बताएका छन् । नगरपालिकाका प्रमुख काँग्रेसकै भएकाले पार्टीगत स्वार्थका लागि कार्यक्रम भएको भन्दा फरक नपर्ने कतिपयको धारण छ । यहाँका कार्यक्रम सकिएपछि देउवा पाँचथर र खोटाङमा हुने कार्यक्रममा सहभागि हुने कार्यक्रम तय भएको छ । 

यी दूई मात्रै होइन्, एसका अध्यक्षले नेपाल पनि पुर्व आउजाउ बढाएका छन् । केहि समय अघि इटहरीका मेयर द्वारिकलाल चौधरीको निमन्त्रणमा विभिन्न कार्यक्रममा सहभागि हुन तारन्तार इटहरी आएका थिए उनि । यसका साथै केहि दिन पहिला धरानमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्न उनि त्यहाँ पुगेका थिए । यसका साथै प्रदेश १ का पहाडी जिल्लामा पनि अध्यक्ष नेपाल आउने कार्यक्रम तय भएको एस निकट स्रोतले जानकारी दिएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनले पनि चुनाव लक्षित कार्यक्रम लिएर पुर्व बासाई बाक्लो बनाउँदै लगेका छन् । केहि दिन पहिला झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न आएका थिए । 

त्यसपछि सुन्दरहरैँचनामा आयोजित कार्यक्रममा पनि अध्यक्ष लिङ्देन सहभागि भए । सोमबार पुनः अध्यक्ष लिङ्देनसहित राप्रपाका केहि दर्जन नेता सुनसरीको बराहक्षेत्र नगरपालिकाम हुने आसभालाई सम्बोधन गर्न आउने कार्यक्रम तय भएको राप्रपा बराहक्षेत्र कमिटिले जानकारी दिएको छ